प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा « Khabarhub

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ। आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डीपी अर्यालले जेनजी आन्दोलनपछि निर्वाचन नै मुख्य कुरा रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बनाउने प्रयास थालेपनि केही नेतासँग प्रधानमन्त्रीले संवाद गर्न अनिच्छा देखाउँदा सरकार र दलको दूरी बढ्ने हो कि भन्ने स्वाभाविक चिन्ता रहेको उल्लेख गरिएको छ ।

‘निर्वाचन नै मुख्य कार्यभार रहेको सरकारले दलहरूलाई विश्वास लिएर चुनावी वातावरण बनाउने प्रयास त थालेको छ । तर केही नेता विशेषसँग प्रधानमन्त्री स्वयंको संवाद अनिच्छाले ती दल र सरकारबीचको दूरी बढाउने हो कि भन्ने स्वभाविक चिन्ता पनि छ ।’ राजनीति प्रतिवेदनमा भनिएको छ, ‘सरकार सबै दल नेता र जनताको अभिभावक भएकाले उसमा कसैप्रति पनि आग्रह पूर्वाग्रह पटक्कै हुनुहुन्न । प्रहरीको खस्किएको मनोबल, आन्दोलनका क्रममा लुटेका हतियार अझै कारागार नफर्किएका कैदी जेन–जी नाममा आइरहेका विभिन्न माग र भइरहेका अस्वभाविक व्यवहार पनि चुनावका चुनौती हुन् यसतर्फ सरकार सचेत हुनुपर्छ ।’

अर्यालले जारी गरेको प्रतिवेदनमा निर्वाचनबाहेक अहिले अरु विकल्प नरहेको भन्दै अन्य दलहरूलाई पनि निर्वाचनमा होमिन सुझाव दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ०६ बजे

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच