धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल « Khabarhub

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताएका छन् ।

अध्यक्ष ढकालले मानव जातिका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताए  । उनले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको उल्लेख गरे । 

मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञको आज उद्घाटनपछि अध्यक्ष ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताए । उनले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए । 

“मानवीय भावनाको पुण्यकार्यमा सबैको सहयोग रहन्छ, पवित्र कालीगण्डकी तट जुन मुक्तिनाथ र दामोदरकुण्डको काखमा छ । आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुन्छु”, उनले भने ।

विश्वका हिन्दू धर्मावलम्बीहरूका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदरकुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने अध्यक्ष ढकालले बताए । 

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउँदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । आश्रमका अभियन्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थव मानवीय क्षेत्रमा काम गर्न उनले आग्रह गरे । 

सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जसको कोही छैन त्यसको मानव सेवा आश्रम छ भन्ने सन्देश नेपालभर पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो । विसं २०७२ मा बागलुङ शाखाको स्थापना भएको मानवसेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा पाँच करोड रुपैयाँ खर्च भइसकेको छ भने भवन सम्पन्नताका लागि थप चार करोड रुपैयाँ खर्च लाग्नेछ । यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकका रुपमा भागवत् भाष्कर कमलनयन गौतम रहेका छन् । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ४९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै