रास्वपाको स्वीकारोक्ति- मूल्य मान्यता स्थापित गर्न नसक्दा पार्टीमा कैयौँ समस्या बढे « Khabarhub

रास्वपाको स्वीकारोक्ति- मूल्य मान्यता स्थापित गर्न नसक्दा पार्टीमा कैयौँ समस्या बढे


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा मूल्य मान्यता स्थापना गर्ने चक्र पूरा गर्न नसक्दा कयौँ कमजोरी र समस्याहरू बढ्दै गएको स्वीकार गरेको छ । 

चितवनको सौराहमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा राजनीति र सांगठनिक अनुभव सीमित रहेको र आफैँले सोच र जनस्तरले चाहे जसरी संगठन विस्तार गर्न नसकेको स्वीकार गरेका छन् । 

अर्याले जारी गरेको प्रतिवेदनमा आफू आबद्ध रहेको दल खराब लागेपछि त्यागेर त्यहाँ एकीकृत हुनेसँग पनि पुरानै चरित्र र प्रविधि कायम भएको र रास्वपालाई नि पहिलो राजनीतिक दल छान्नेहरूसँग पनि राजनीतिक ज्ञान र चरित्रको कमी भएको स्वीकार गरिएको छ ।

‘स्विकार्न सक्नुपर्छ कि पार्टी स्थापनाको केही वर्ष मात्र भएकाले हामीसँग संस्थागत राजनीतिक र सांगठनिक अनुभव सीमित छ । अनि आफैले सोचेर जनस्तरले चाहे जसरी हामीले सांगठनिक विस्तार गर्न सकेका छैनौँ । जे जति गरेका छौँ त्यो पनि समस्यारहित छैन । हामी कि विभिन्न दलबाट बाहिरिएर वा कि पहिलो पटक राजनीतिक दल रोजेर यहाँ आबद्ध भएका छौँ आफू आबद्ध रहेको दल खराब लागेपछि त्यागेर त्यहाँ एकीकृत हुने सँग पनि पुरानै चरित्र र प्रवृत्ति कायम छ भने रास्वपालाई पहिलो राजनीतिक दल छान्नेसँग पनि राजनीतिक ज्ञान र चरित्रको कमी छ ।’ प्रतिवेदनमा भनिएको छ,’अर्कातिर पार्टीले प्रशिक्षित गर्ने नसक्दा हामी पुरानो चरित्र र प्रविधिबाट मुक्त भएर राजनीतिक चरित्र उन्मुख हुन सकेका छैनौँ अर्थात् हामीले अहिलेसम्म रास्वपाको आफ्नै स्कुलिङ मूल्य मान्यता स्थापित गर्न चक्र पुरा गर्न सकेका छैनौँ।  जसका कारण पार्टीमा कैयौँ कमजोरी र समस्या बढ्दै गएको छ ।’

प्रतिवेदनमा पार्टीमा सामूहिकता भन्दा व्यक्ति प्रधान हुने अभ्यास सो अनुशासन र आचारसंहिता प्रतिकूल गतिविधिको बढोत्तरी भएको समेत बताइएको छ । 

प्रतिवेदनमा विपद् व्यवस्थापन र समाधानभन्दा बढाउने प्रवृत्ति गोपनीयता भङ्ग र मिडिया ट्रायल पार्टी नेतृत्व र शीर्ष नेताहरूप्रति अमर्यादित सार्वजनिक टिप्पणीहरूले पनि पार्टीमा समस्या ल्याएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ०९ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित