३० बिघा जग्गामा गरिएको गाँजा फँडानी « Khabarhub

३० बिघा जग्गामा गरिएको गाँजा फँडानी


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरूले अवैध रूपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

स्थानीयले अवैध रूपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उनले बताए । मकवानपुरको पहाडी भेगमा बर्सेनि गाँजाखेती हुँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै