लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण « Khabarhub

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्द– म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए । 

‘तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो’, उनले भने, ‘नजिकैको लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ ।’

क्याम्पसको छात्रावास भवन निर्माणका क्रममा पछाडिको भागमा गत वर्ष पक्की पर्खाल निर्माण गरेर पाखोको जग्गा उकास गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट पाखो सम्याएर खेलमैदान तयार पारिएको हो । 

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख रुचेन्द्र अधिकारीले उक्त खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको जानकारी दिए । नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ । 

क्याम्पसको पूर्वाधारको अवस्थाका विषयमा समुदायस्तरमा प्रचारप्रसार गर्न सहयोग पुगोस् भनेर नयाँ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेलमैदानको कुनातर्फ प्याराफिट, छेउमा मञ्च र डिलतर्फ तारबार लगाएर व्यवस्थित बनाइने उनले जानकारी दिए । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै