‘जारी २’को प्रिमियर हेरेर कुन कलाकारले के भने ? « Khabarhub

‘जारी २’को प्रिमियर हेरेर कुन कलाकारले के भने ?


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मको बिहीबार साँझ कमलपोखरीस्थित एक हलमा प्रिमियर गरिएको थियो ।

फिल्ममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरू र अतिथिको उपस्थिति थियो । रेड कार्पेट प्रिमियरमा फिल्मका शीर्ष कलाकार नायक दयाहाङ राई र मिरुना मगरले च्याब्रुङ पनि नाचेका थिए ।

प्रिमियर हेर्ने कलाकारले फिल्मलाई रुचाएको पाइएको छ । नायक प्रवीण खतिवडाले ‘जारी’ भन्दा ‘जारी २’ मन परेको प्रतिक्रिया दिए ।

उनले भने, ‘जारी भन्दा जारी २ राम्रो लाग्यो । जारीमा भएका कमीकमजोरी यसमा दोहोरिएनछन् । उपेन्द्र दाई प्रेम प्रस्तुत गर्न माहिर हुनुहुन्छ । जनयुद्ध पनि जोडिएको छ । अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मिठो राजनीतिक घोचपेच जस्तो पनि लाग्यो ।’

माओवादी सशस्त्र संघर्षको घटना फिल्ममा समावेशले फिल्मलाई थप राम्रो बनाएको नायिका पूजा चन्दको प्रतिक्रिया छ । उनले थपिन्, ‘फिल्म एकदमै राम्रो छ । विशेषतः लिम्बू संस्कृतिको कथा हेर्दा म फरक अर्कै स्थानमा पुगेको महसुस भयो ।’

फिल्म राम्रो बनेको भन्दै चन्दे हलमा पुगेर ‘जारी २’ हेरिदिन दर्शकलाई आग्रहसमेत गरिन् ।

नायिका केकी अधिकारीले भने ‘जारी’ दोहोर्‍याएर हेरेको स्मरण गरिन् । ‘जारी’मा पाएको सरलता र सुन्दरता ‘जारी २’मा पनि भेटिएको उनको प्रतिक्रिया छ ।

उनले भनिन्, ‘कलाकारहरूले राम्रो अभिनय रहेको छ । जारी मैले दोहोर्‍याएर हेरेको फिल्म हो । त्यही सरलता र सुन्दरता जारी २ मा पनि पाएँ ।’

पूजा र केकीको अभिनय रहेको फिल्म ‘परान’ उच्च अकुपेन्सीका र सकारात्मक प्रतिक्रियाका साथ हलमा चलिरहेको छ । त्यही हलमा हल भिजिट सकेर उनीहरू प्रिमियरमा सहभागी भएका हुन् ।

नायक विपिन कार्कीले पनि फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारको अभिनयको प्रशंसा गरे । भने, ‘सबै कलाकारको उत्कृष्ट काम, सबै पक्ष मन पर्‍यो ।’

कलाकार कुमार कट्टेल जिग्रीले ‘जारी २’लाई लिम्बू संस्कृति सुन्दर ढंगले प्रस्तुत गरेको फिल्मको संज्ञा दिए ।

कलाकार दिव्य देव पन्तले ‘जारी २’लाई मन छुने फिल्म भने ।

‘जारी २’ को उपेन्द्रको डेब्यू निर्देशनमा बनेको ‘जारी’को सिक्वेल हो । ‘जारी २’ ०८० मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म हो ।

‘जारी २’ नायक विजय बरालको भूमिका लामो पारिएको छ । साथै, फिल्ममा अर्की नायिका ऋचा शर्माको प्रवेश भएको छ ।

उपेन्द्रको कबड्डी फिल्मस् र निर्देशकसमेत रहेका रामबाबु गुरुङको बाँसुरी फिल्स्को सहकार्यमा यो फिल्म बनेको हो । निर्माता भने गुरुङ हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ५४ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका