टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन « Khabarhub

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक बुढाथोकी थप बालेका छन् ।

टंकको डेब्यू निर्देशन रहेको फिल्ममा बाल गायक अशोक दर्जीको जीवनीको कथामा आधारित छ । यसको शीर्ष कलाकार अशोक नै हुन् ।

हलहरुले सँगै प्रदर्शनमा आउन लागेको ‘जारी २’लाई बढी र आफ्नो निर्देशन रहेको फिल्म ‘बन बिनाको धन’ कम शो दिएपछि टंकले बिहीबार लेखेका थिए, ‘मसँगै अशोकले पनि हार्दैछन् ।’

यो पनि : फिल्म प्रदर्शनको संघारमा टंकले किन भने- अशोकले हार्दैछन्

प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि ‘जारी’ले २५८ र ‘मन बिनाको धन’ले ७६ शो पाएको थियो ।

न्युरोडको एक हल भिजिटका क्रममा शुक्रबार टंकले कम शो दिएकै कारण आफूले लेख्न बाध्य भएको बताए ।

हलहरूले कम शो दिए पनि दर्शकहरूले साथले आफूहरूले हार्नु नपरेको अशोकले बताए ।

अशोकले भने, ‘पक्कै हामीले हारिसकेको थियौँ । र दर्शकले हामीलाई साथ दिनुभयो ।’

कम शो पाउँदा पनि भिजिटमा पुगेको हल हाउसफुल देखेपछि अशोकले त्यसो भनेका हुन् ।

फिल्मको समीक्षा र सकारात्मक वर्ड अफ माउथ सार्वजनिक भएपछि हलहरूले शो बढाउनेमा टंक आशावादी छन् ।

आफ्नो सिर्जनामा विश्वास राख्दै उनी भन्छन्, ‘पक्कै हाम्रो सिर्जना बोल्ला । समीक्षा आएपछि हाम्रो फिल्मले उचित शो पाउँला ।’

आफू फिल्ममा नयाँ भएकाले शो बाँडफाँटको विषयमा आफू अलमलमा परकोसमेत टंकले बताए ।

उनले भने, ‘जानिँदैन रहेछ । हामी त नयाँ मान्छे ।’

दर्शकलाई माया गर्ने व्यक्तिहरू धेरै भएको फिल्मले दर्शकको उच्च साथ पाउनेमा उनी निकै आशावादी देखिन्छन् ।

टंक सांकेतिक रूपमा भने, ‘मैले अशोकका लागि गरेको हो । अशोकले हार्दैन । दर्शकले उसलाई जिताउनुहुन्छ ।’

सडकमा गीत गाउँदै गरेका अशोकलाई काठमाडौं ल्याएर संरक्षण दिँदै टंकले गायक बनाए पश्चात् ठूलो पर्दामा प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : २३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित