सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति | Khabarhub Khabarhub

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको हो।

प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिको सदस्यहरूमा वीरेन्द्रनगर नगरपालिका–११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालकी कर्णाली प्रदेश सचिव मालती विक, र मृतकका परिवार तर्फबाट गीता सुनार सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा लागुऔषध मुद्दाका थुनुवा वीरेन्द्रनगर नगरपालिका–११ निवासी २६ वर्षीय गंगे विक शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल, सुर्खेतमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त घटनापछि पीडित परिवारले दिउँसो घटनाको छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए। धर्नापछि घटनाबारे अनुसन्धान गर्न समिति बनेको हो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते