आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानी गर्ने दिन छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । संयुक्त लगानीमा फाइदा हुने योग छ । कर्तव्य पूरा गर्ने ढंगले अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

वृष : मिष्ठान्न भोजन हुनेछ । परिवारसँग घुमफिर तय हुनसक्छ । साथीभाइसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्ने योग छ ।

मिथुन : दैनिक काममा भन्दा उद्देश्य नै परिवर्तन गरेर अगाडि बढ्नु राम्रो हुनेछ । काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : दिन सामान्य छ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । उपचारमा भए सुधारका संकेत देखिनेछन् । दाम्पत्य जीवन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : विपक्षीले आज तपाईंको प्रशंसा गर्नेछन् । खर्च हुनेछ । रोग बढ्ने जोखिम छ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्नेछ ।

कन्या : दिन राम्रो छ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

तुला : शिक्षामा राम्रो छ । परीक्षाको तयारीमा भए नतिजा तपाईको पक्षमा रहनेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । व्यापारले आम्दानी बढ्ने हुनेछ ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा दिन राम्रो बन्नेछ । निर्णय लिनुअघि साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । गुरुको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

धनु : दिन सहज छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । साथीको साथमा काम बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । रोग बढ्ने जोखिम छ । सानो विषयमा परिवारभित्र झगडा हुनसक्छ । मन अशान्त हुने जोखिम छ । शिक्षामा थप मिहिनेतको खाँचाे छ ।

कुम्भ : मनमा शान्ति मिल्नेछ । तपाईंको दैनिक काम सफल बन्नेछ । आज गरेको लगानीबाट दीर्घकालसम्म फाइदा हुनेछ । बिहानै पिपलको दर्शन वा दान गरेर दिनको सुरुवात गरेमा काम सहजै बन्नेछ ।

मीन : दिन सामान्य छ । परिवारको साथ मिल्नेछ । बोल्दा सचेत बन्नुपर्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नपर्ने दिन छ । साथीको साथ मिल्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : १४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३