हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ? « Khabarhub

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामीले खानमिल्ने खानेकुरा लिएर जान सुझाव


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ भेट्न जाने मन जसलाई पनि हुन्छ । अस्पतालमा बिरामी भेट्न जानेको भीड नै देखिन्छ । आफ्नो मान्छे बिरामी भएर अस्पताल भर्ना भएका बेला भेट्न जानु स्वभाविक हो । तर अस्पतालमा बिरामी भेट्न जानेले कहिल्यै बिर्सन नहुने कुरा के हो भने अस्पतालमा रोग निवारण मात्र होइन, संक्रमण फैलावट पनि हुनसक्छ ।

त्यसैले बिरामीलाई भेट्न जानुअघि हामीले धेरै कुरामा ध्यान जरुरी रहेको विज्ञ बताउँछन् । धौलागिरी प्रादेशिक अस्पताल बागलुङकी नर्सिङ अधिकृत मिलन बरुवाल भन्छिन्, ‘अस्पताल भनेको एकदमै संवेदनशील क्षेत्र हो । जहाँ सामान्यदेखि गम्भीर अवस्थासम्मको बिरामी रहने भएकोले अस्पतालमा एकजना कुरुवा बाहेक धेरै जना नआएकै राम्रो हुन्छ ।’

अस्पतालमा एक्लै धेरै दिनसम्म कुरुवा बस्न पनि गाह्रो हुन्छ । भेट्न आउने आफन्तले पालैपालो कुरुवा बस्ने गरेर आउँदा राम्रो हुने उनले बताइन् । एकैपटक धेरै आफन्त हुल बाँधेरै भेट्न आउँदा अन्य बिरामीसँगै सरसफाइ लगायतका काममा पनि अप्ठेरो हुने गरेको उनको गुनासो छ ।

कुनै कुनै बिरामीलाई भेट्न चारदेखि पाँच जनासँगै आउने गरेको अनुभव सुनाउँदै नर्सिङ अधिकृत बरुवालले भनिन्, ‘पहिले पहिलेको भन्दा पछिल्लो समय अस्पतालमा धेरै हल्ला गर्नु हुँदैन, स्वच्छतामा ध्यान दिनुपर्छ भन्ने चेतना धेरैमा विस्तार भएको छ । तर जति हुनुपर्ने हो त्यति मात्रामा छैन । हल्ला नगर्नुस्, भीडभाड नगर्नुस् भनेर कराइ रहनुपर्छ ।’

उनका अनुसार सय सय बेड क्षमताको धौलागिरी प्रादेशिक अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जना ओपिडिमा आउँछन् भने २० जना भर्ना भएकै बिरामी हुन्छन् । त्यसैमाथि भेट्न आउने आफन्तका कारण अनावश्यक भीडभाड हुने गरेको बरुवालले बताइन् ।

अस्पातलमा बिरामी भेट्न जाने आफन्तलाई सुझाव

बिरामीको अवस्था बुझेर मात्रै भेट्न जाने : रुघाखोकी, दादुरा, पखाला, इन्फ्लुएञ्जा जस्ता सरुवा रोग लागेका बिरामी, आइसियुमा राखिएका भए भेट्न जाँदा बिरामीसँगै आफूलाई पनि जोखिम हुने हुँदा बिरामीको अवस्था बुझेर मात्रै भेट्न जानुपर्छ ।

रुघाखोकी, दादुरा, पखाला, इन्फ्लुएञ्जा जस्ता सरुवा रोग लागेका बिरामी, आइसियुमा राखिएका भए भेट्न जाँदा बिरामीसँगै आफूलाई पनि जोखिम हुने हुँदा बिरामीको अवस्था बुझेर मात्रै भेट्न जानुपर्छ ।

एकैपटक धेरैजना नजाने : बिरामी भेट्न आउँदा धेरै जना सँगै आउँछन् । जसले गर्दा वार्डमा भएका अरु बिरामीलाई पनि असहज भइरहेको हुन्छ भने सरसफाइ कर्मचारीलाई सरसफाइमा अप्ठेरो हुन्छ ।

जनरल वार्डमा भएका बिरामीभन्दा शल्यक्रिया गरेका बिरामीलाई भेट्न आफन्त धेरै आउँछन् । यसरी एकैपटक आफन्त भेट्न आउँदा बिरामीलाई संक्रमण भएर घाउ पाक्ने सम्भावना धेरै हुन्छ ।

वार्डमा धेरै समय नबस्ने : आइसियू, पोष्टअपलगायत वार्डमा बिरामीलाई भेट्न पाइँदैन । आवश्यक पर्दा बोलाएको बेलामा मात्रै आफन्त आउने हो । त्यो बाहेक जनरल वार्डमा पनि बिरामी कुरुवा एक जना बाहेक भेट्न आउनेले डाक्टर राउण्डमा नभएको बेला धेरै समय लिएर बिरामीसँग कुराकानी गर्नु उचित होइन ।

सरसफाइमा सचेत हुने : कुनै पनि अस्पतालमा जाँदा बिरामीसँगै आफ्नो स्वच्छतामा पनि ध्यान दिनुपर्छ । त्यसैले बिरामीको नजिकै नबस्ने, मास्क लगाउने, बिरामीलाई छुँदा पन्जा लगाएर मात्रै छुने गर्नुपर्छ । यस्तो सावधानी अपनाउँदा बिरामीसँगै आफू पनि सुरक्षित हुन सकिन्छ ।

जथाभाबी फोहोर नफाल्ने : अस्पतालको वातावरण सफा र शान्त भएमात्र बिरामीको स्वास्थ्यमा शीघ्र सुधार आउँछ । त्यसैले भेट्न आउँदा धेरैजसो आफन्तले फलफूल लगायतका खानेकुरा बोकेर ल्याएका हुन्छन् । फलफूलको बोक्रा जथाभावी नफाली अस्पतालको नियमअनुसार तोकिएको ठाउँमा फाल्नु पर्छ ।

बिरामी भेट्न जाँदा के लैजाने ?
आफन्त अस्पतालमा भेट्न आउँदा प्रायले फलफूल, बिस्कुट लगायतका खानेकुरा लिएर आएको पाइन्छ । तर बिरामीको अवस्था अनुसारको खानेकुरो बोकेर जानु राम्रो हुने बरुवाल बताउँछिन् । जस्तै :सुत्केरी भेट्न जाँदा दूध, झोल पदार्थ भएको खानेकुरा, ज्वानोको झोल, दालभात, मासुभातजस्ता खानेकुरा बोकेर जान सकिन्छ भने बालबालिकालाई भेट्न जाँदा उनीहरुलाई खान मिल्ने खालको लिएर जान स्वास्थ्यकर्मी सुझाउँछन् ।

उनका अनुसार आइसीयूका बिरामीलाई बाहिरको खाना खुवाउन र भेटघाट गर्न प्राय दिइँदैन, त्यसैले चिकित्सकको सल्लाहअनुसार आफन्त आउने जाने र त्यही अनुसारको खाना दिन सकिन्छ ।

त्यस्तै जनरल वार्डमा भएका बिरामीलाई पनि उनीहरुको अवस्था अनुसारको खाना ल्याउन सकिन्छ । जस्तै सुगरको बिरामी भए सुगर फ्री खाना तथा फलफूल ल्याउन सकिन्छ भने मुटुका बिरामीलाई नुन र चिल्लो कम भएको खानेकुरो ल्याउन सकिन्छ । फास्टफुड र जंकफुडजस्ता खानेकुरो वार्डमा भर्ना भएका बिरामीका लागि नल्याएकै राम्रो हुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ४६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर