सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान « Khabarhub

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन्।

“साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा १२ लाख आम्दानी गर्दै आएको बताए। उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन्। उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएका छन् । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उनी विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउँछन् ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन्। आफ्ना उत्पादन बनारसम्म पु¥याउन उनले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गरिसकेका छन् । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्