सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान « Khabarhub

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन्।

“साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा १२ लाख आम्दानी गर्दै आएको बताए। उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन्। उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएका छन् । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उनी विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउँछन् ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन्। आफ्ना उत्पादन बनारसम्म पु¥याउन उनले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गरिसकेका छन् । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १९ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख