एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद « Khabarhub

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ ।

यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : २५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ