ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी « Khabarhub

ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाल्जे– तिलागुफा नगरपालिका–४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् विसं २०७९ असोज १८ देखि २३ गतेका हर क्षण सम्झन त परै जाओस् सुन्न पनि चाहँदैनन् । 

उनीहरूका लागि करिब एक हप्ता त्रासदिपूर्ण र अतिकष्टपूर्ण रह्यो । ती समयका हरक्षण यति कष्टपूर्ण बने उनीहरूका लागि शब्दमा व्यक्त गर्न चाहँदैनन् ।  ती दिन उनीहरूका लागि ‘कालोदिन’मा परिणत भयो ।  
 
असोज १८ गतेदेखि नै छमछम वर्षा दर्किँदै थियो । बिस्तारै वर्षा बढ्दो गयो । सुक्खा पहाडबाट पहिरा झर्न थाल्यो । पहिराले कर्णाली राजमार्गअन्तर्गत १८ किमी सडक क्षणभरमा क्षत्विक्षत बनायो । पहिरामा मानवीय क्षतिसमेत हुन थाल्यो । 

यही क्रममा अकालमा ज्यान गुमाएका यहाँका हेमराज शाहीको असोज २३ मा दाहसंस्कार हुँदै थियो । अकस्मात् खोलामा आएको बाढीले संस्कारमा सहभागी भइराखेका ११ जनालाई बगाएर तिला नदीमा समाहित गरिदियो । ती ११ जना सबै नै ‘शाही’ थिए । 

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले  भने, ‘त्यो विपद् मेरा लागि अग्निपरीक्षा साबित भयो । विपद्को सामना गर्नुको अर्को विकल्प थिएन । विपद्मा सहयोग गर्न राष्ट्रिय आह्वान गरेँ । पहिलो नम्बरमा नेपाल रेडक्रसलाई सम्झेँ । तत्काल ओत, खाना व्यवस्थापनतिर लागे । रेडक्रसले उसको सामर्थ्यले भ्याएसम्म  सहयोग गर्‍यो । ऊ नै पहिलो सहयोगी बन्यो । मानवीय सेवाका लागि यहाँ उसले गरेको काम नगरवासीले कहिल्यै भुल्न सक्दैनन् ।’

कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडाहरू यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नं ९, १० र ११ तिला नदी पारि छन् । 

विसं २०७९ असोजको बाढीले तिला नदीको पक्की पुल बगाइदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सञ्चालन गर्न अहिले पनि नगरपालिकालाई धौ धौ नै परिरहेको छ ।  
 
नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिममा छन् । ती जोखिमलाई घटाई समुदायलाई उत्थानशील बनाउन लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रसले  नगरपालिकासँगको सहकार्य र समन्वयमा खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । 

यी गतिविधिबाट बाढी पीडितलाई मल्हम त लगाएकै छ । अगामी दिनमा यस्ता अकल्पनीय घटना नदोरियोस् भन्नाका लागि पूर्व सचेतनाका कार्यक्रम पनि साथसाथमा सञ्चालन गरिरहेको छ ।

हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिइएका छन् । 

ती आयोजनाबाट अतिविपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल रेडक्रसले निरन्तर सहयोग जारी राख्ने जानकारी दिइन्  । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : २९ बजे

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान