प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा « Khabarhub

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस गरेका छन् ।

गृहजिल्लामा नयाँ दलबाट राजनीतिक गतिविधि सुरु गरेको दिन नै आइतबार उनलाई कालो झण्डा देखाएर नेकपा कार्यकर्ताले विरोध गरेका छन् ।

शर्मा नेपाल एयरलाइन्सको जहाजबाट सल्ले विमानस्थल झरेलगत्तै प्रचण्ड नेतृत्वको वर्तमान नेपाली कम्युनिस्ट पार्टी (साविकको नेकपा माओवादी केन्द्र) का कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरे। विमानस्थलबाट बाहिर निस्केपछि नाराबाजी पनि चलेको स्थानीयले बताए।

शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आइतबार आयोजना गरेको युवा भेलामा सहभागी हुन रुकुम पुगेका हुन्।

उनले खलंगास्थित साविक माओवादी केन्द्रको पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरी प्रलोपाको जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा रुकुम संयोजक सन्देश केसीका अनुसार सोमबारदेखि विभिन्न भेटघाट, छलफल र अन्तरक्रिया गर्दै जिल्लामा राजनीतिक सक्रियता बढाइनेछ।

यस घटनाले रुकुमको माओवादी राजनीति नयाँ दिशातर्फ गएको संकेत दिएको विश्लेषकहरूको मूल्यांकन छ। विगतमा ठूलो शक्तिको विरोधमा साना समूहले कालो झण्डा देखाउने परम्परा थियो।

तर यसपटक उल्टो दृश्य देखिएको छ। रुकुममा बहुमत संरचना रहेको प्रचण्ड नेतृत्वको पार्टीका कार्यकर्ताले जनार्दन शर्माको सानो संरचना भएको नयाँ पार्टीविरुद्ध प्रदर्शन गरेपछि नेकपाको निषेधयुक्त राजनीति पनि देखिएको छ ।

पूर्वमाओवादी पृष्ठभूमिका दुई धारबीचको यस्तो तनावले रुकुममा राजनीति थप विखण्डित बनाउने सम्भावना छ। दुवै पक्षले संयमित राजनीति गर्न सके कांग्रेस र एमालेजस्ता दलहरूको लागि त्यति अवसर नखुल्ने चर्चा भइरहेको छ।

नेताहरूले एकअर्काको कार्यक्रममा विरोधभन्दा मर्यादित राजनीतिक व्यवहार अपनाएको भए राम्रो सन्देश जान सक्थ्यो भन्ने धारणा पनि स्थानीयमा सुनिन थालेको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ४० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि