‘जेरी अन टप’ले मनायो ५१औँ दिन « Khabarhub

‘जेरी अन टप’ले मनायो ५१औँ दिन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ ।

चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए । 

‘सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलुबजारमा राम्रो व्यापार गरेको छ, यो समग्रमा नेपाली चलचित्रकर्मीको लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ’, श्रेष्ठले भने । 

उनका अनुसार चलचित्रले रु १२ करोड ५० लाखको हाराहारीमा घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ । 

सरोज न्यौपानेले निर्माण गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । 

सुयोग गुरुङले निर्देशन गरेको चलचित्र ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्र समेत बनेको छ । अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताए । 

‘चलचित्रको सफलताले ऊर्जा थपेको छ, सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएको छ’, अभिनेता केसीले भने । 

काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ५५ बजे

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)