पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न लागेको छ ।

अख्तियारले विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार नै विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गर्न लागेको छ ।

यो मुद्दाका विपक्षीमध्ये एक सुनसरीका आचार्य नेकपा एमालेका नेता हुन् । उनी यस पटक एमालेको उपाध्यक्ष बन्ने योजनामा छन् ।

उता नुवाकोटका महत कांग्रेसबाट पटक पटक अर्थमन्त्री भइसकेका नेता हुन् । उनी अहिले अलजाइमर्स रोगसँग जुधेर घरमै आराम गरिरहेका छन् ।

नुवाकोटकै माओवादी नेता बोगटीको निधन भइसकेको छ। उता रामकुमार श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको नागरिक सरकारका मन्त्री थिए । उनी माओवादी कोटाबाट त्यसबेला मन्त्री बनेका थिए । उनी अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

उता दीपक अमात्य हाल नेकपामा रहेका नेता झलनाथ खनालनिकट हुन् । झलनाथकै पहलमा अमात्य पर्यटमन्त्री भएका थिए ।

त्यस्तै, अख्तियारले विमानस्लथलको निर्णय प्रक्रियामा जोडिएका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।

मुद्दा दर्ताको लागि अहिले अख्तियारको टोली विशेष अदालतमा पुगेर दर्ताको लागि आवश्यक काम गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ११ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि