काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार हुन लागेको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर कर्णालीले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेल यी दुवै टोलीको सिजन २ को अन्तिम खेलमा हो । दुवै टोली लिग चरणबाट बाहिरिने निश्चित छ ।
आजको खेल यी टोलीको प्रतिष्ठामै सीमित रहनेछ । यो खेल जिते साबिक विजेता जनकपुर तालिको सातौं स्थानमा पुग्नेछ ।
अहिले यो टिम एक जित र पाँच हारसहित तालिकोको अन्तिम अर्थात् आठौं स्थानमा छ । एक जित र पाँच हार सहेको कर्णाली नेट रन रेटका आधारमा तालिकाको सातौं अर्थात्, दोस्रो अन्तिम स्थानमा छ ।













प्रतिक्रिया