जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो « Khabarhub

जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार हुन लागेको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर कर्णालीले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेल यी दुवै टोलीको सिजन २ को अन्तिम खेलमा हो । दुवै टोली लिग चरणबाट बाहिरिने निश्चित छ ।

आजको खेल यी टोलीको प्रतिष्ठामै सीमित रहनेछ । यो खेल जिते साबिक विजेता जनकपुर तालिको सातौं स्थानमा पुग्नेछ ।

अहिले यो टिम एक जित र पाँच हारसहित तालिकोको अन्तिम अर्थात् आठौं स्थानमा छ । एक जित र पाँच हार सहेको कर्णाली नेट रन रेटका आधारमा तालिकाको सातौं अर्थात्, दोस्रो अन्तिम स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ३७ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले