निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल « Khabarhub

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको सहभागितामा निर्धारित समयमा  प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताए ।  

उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जान सक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवम् भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिए  । 

उनले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिए । आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ ।’

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुने गरेको अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसस्थाहरू हतोत्साहित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । विधि ठिक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ ।’

मन्त्री खनालले राज्यका शक्तिशाली व्यक्तिहरूबाटै भ्रष्टाचार बढेपछि भएको जेन-जी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : ०२ बजे

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच