निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल « Khabarhub

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको सहभागितामा निर्धारित समयमा  प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताए ।  

उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जान सक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवम् भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिए  । 

उनले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिए । आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ ।’

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुने गरेको अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसस्थाहरू हतोत्साहित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । विधि ठिक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ ।’

मन्त्री खनालले राज्यका शक्तिशाली व्यक्तिहरूबाटै भ्रष्टाचार बढेपछि भएको जेन-जी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : ०२ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा