जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय « Khabarhub

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

२८ बुँदे माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले प्रशासन कार्यालय अगाडि आइतबार धर्ना र विरोध प्रदर्शन गरेको हो ।

जसपा नेपालको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार तीनदिनदेखि लगातार देशव्यापी प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन एवम् धर्ना दिँदै आएको छ ।

यसअघि, जसपा नेपालले २८ बुँदे माग सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

यही मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनको लागि देशब्यापी रुपमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।

जसपा नेपालले संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समास्या समाधान गरी मुलुकलाई निकास दिनु पर्ने, राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरिएको छ।

त्यसका लागि संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गर्दै आएको छ ।

यसैगरी, जेन–जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दालाई सरकारले सम्बोधन गरिनुपर्ने, जेन–जी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण, भएका हिंसा, हत्या, आगजनी विध्वंशको छानबिन गरी दोषीमाथि कारबाही गर्न उसले माग गरेको छ ।

शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र ब्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिचाइँ, मल, बिऊ, कीटनाषक औषधि र कृषि बजारको व्यवस्था गर्न पनि जसपा नेपालले गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : ०० बजे

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?

काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

एजेन्सी– ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम

भक्तपुरमा होली पर्व सुरु

काठमाडौं– फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु

झापामा रविले भने- जनचाहनाअनुरूप राज्यसत्ता चलाउने रास्वपाको नीति 

भद्रपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई