जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय « Khabarhub

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

२८ बुँदे माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले प्रशासन कार्यालय अगाडि आइतबार धर्ना र विरोध प्रदर्शन गरेको हो ।

जसपा नेपालको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार तीनदिनदेखि लगातार देशव्यापी प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन एवम् धर्ना दिँदै आएको छ ।

यसअघि, जसपा नेपालले २८ बुँदे माग सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

यही मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनको लागि देशब्यापी रुपमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।

जसपा नेपालले संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समास्या समाधान गरी मुलुकलाई निकास दिनु पर्ने, राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरिएको छ।

त्यसका लागि संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गर्दै आएको छ ।

यसैगरी, जेन–जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दालाई सरकारले सम्बोधन गरिनुपर्ने, जेन–जी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण, भएका हिंसा, हत्या, आगजनी विध्वंशको छानबिन गरी दोषीमाथि कारबाही गर्न उसले माग गरेको छ ।

शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र ब्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिचाइँ, मल, बिऊ, कीटनाषक औषधि र कृषि बजारको व्यवस्था गर्न पनि जसपा नेपालले गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : ०० बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक