प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस् « Khabarhub

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असफल भएकाले अब निकास दिनुपर्ने बताएका छन् ।

आइतबार जेन–जी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुङ्गानाले अन्तरिम सरकार हाइज्याक भएर असफल भएको बताएका हुन् । उनले अब प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने समय आइसकेको बताए ।

‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, सक्नुहुन्न भने राजीनामा दिनुहोस्’, उनले भने ।

ढुङ्गानाले अन्तरिम सरकार जेन-जी आन्दोलनका आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए ।

प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न उनले आग्रह गरे । ढुङ्गानाले पुराना दलका सरकारमा दलका नेताहरूको पुनरागमन हुने सम्भावना भएको भन्दै चिन्ता जनाए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको