काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको जारी अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको हो ।
यस इनिङमा जनकपुरका बलरहरु कर्णालीका बलरहरु हाबी भए । जनकपुरले कर्णालीका ओपनर मार्क वाटलाई २ ओभरको तेस्रो बलमै आउट गराएको हो । उनी ७ बलमा ४ रन बनाएर आउट भए ।
अर्का ओपनर इमरान शेख भने ३२ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाएर आउट भए । प्रियांक पञ्चाल ३३, गुल्सन झा १९, विलियम बोसिस्टो १५, नजिबुल्लाह जद्रान १३, पवन सर्राफ १, अर्जुन घर्ती ४ रन जोडेर आउट भए ।
बलिङतर्फ आदित्य महता र ललिज राजवंशीले समान २–२ विकेट लिए । संगीत कुरे, अनिल शाह र माज सदाकतले समान १–१ विकेट लिए । राजवंशीले ओपनर तथा सबैभन्दा बढी रन बनाउने इम्रान शेख र प्रियांको महत्तवपूर्ण विकेट लिए ।
संगीत कुरेले ओपनर मार्क वाटको महत्त्वपूर्ण विकेट लिए । २ ओभर बलिङ गरेका अनिल शाहले २३ रन खर्चिए । यस इनिङका उनी खर्चिला बलर हुन् ।













प्रतिक्रिया