‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी  « Khabarhub

‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ‘पूर्वाधार एम्बुलेन्स’ योजना प्रभावकारी बनाउन नसकेपछि महानगरले ‘धुलोरहित सडक’ योजनामार्फत काम गर्न थालेको हो । 

‘सार्वजनिक खरिद ऐन अनुरूप पूर्वाधार एम्बुलेन्सबाट एक वर्षमा जम्मा १० लाख रुपैयाँ सीमित बजेटमा काम गर्नुपरेपछि सडक सुधारमार्फत ठेक्का लगाएर सडक तथा ढल मर्मतको काम गर्दै आएका छौँ ।’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने । 

३ वर्ष नियमित चल्ने यस कार्यक्रममा महानगरले २ अर्ब ५२ करोड ४७ लाख रुपियाँ रकम खर्च गर्नेछ । पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउन महानगरले थालेको यस वहुवर्षिय योजनाका लागि हरेक वर्ष करिब १ अर्ब रुपियाँ खर्च हुने गरेको छ । 

कार्यक्रमले वडाबाट प्राप्त भएका मागका आधारमा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम गर्नेछ । 

यो कामका लागि २ अरब ९९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । काठमाडौँलाई ४ भागमा बाँडेर बनाइएको यस प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकाले कम्पनीले काम गर्दै आएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ३६ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण