‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी  « Khabarhub

‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ‘पूर्वाधार एम्बुलेन्स’ योजना प्रभावकारी बनाउन नसकेपछि महानगरले ‘धुलोरहित सडक’ योजनामार्फत काम गर्न थालेको हो । 

‘सार्वजनिक खरिद ऐन अनुरूप पूर्वाधार एम्बुलेन्सबाट एक वर्षमा जम्मा १० लाख रुपैयाँ सीमित बजेटमा काम गर्नुपरेपछि सडक सुधारमार्फत ठेक्का लगाएर सडक तथा ढल मर्मतको काम गर्दै आएका छौँ ।’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने । 

३ वर्ष नियमित चल्ने यस कार्यक्रममा महानगरले २ अर्ब ५२ करोड ४७ लाख रुपियाँ रकम खर्च गर्नेछ । पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउन महानगरले थालेको यस वहुवर्षिय योजनाका लागि हरेक वर्ष करिब १ अर्ब रुपियाँ खर्च हुने गरेको छ । 

कार्यक्रमले वडाबाट प्राप्त भएका मागका आधारमा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम गर्नेछ । 

यो कामका लागि २ अरब ९९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । काठमाडौँलाई ४ भागमा बाँडेर बनाइएको यस प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकाले कम्पनीले काम गर्दै आएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ३६ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को