ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस « Khabarhub

ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ ।

उक्त कदम असंवैधानिक भएको विघटित संसद्मा प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

कांग्रेसको तर्फबाट घिमिरेले निर्वाचन समिति संयोजक एवम् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाएर रिट हाल्न लगाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार महाराजञ्जमा वार्ता भएको थियो । त्यही भेटको प्रतिफल कांग्रेस पनि एमालेलाई पच्छ्याउँदे सर्वोच्चमा पुगेको हो ।

कांग्रेस प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदलाई रिट निवेदक बनाएको छ । अब यो रिट सोमबार दर्ता हुने छ । यसअघि कांग्रेसले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान पनि चलाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ०२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली