‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’ « Khabarhub

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन् ।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै, र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तन भइरहेका उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, ‘स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिको विकास भएको छ । तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविनभित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पुर्‍याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे ।रासस
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : ०५ बजे

पर्यटकको रोजाइमा ‘अन्नपूर्ण–धौलागिरि’ पदमार्ग

म्याग्दी– म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास

एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर

ला लिगा : ओसासुनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले