अर्थसंक्षेप : पोखरा विमानस्थलमा भ्रष्टाचार-पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध साढे ८ अर्बको बिगोसहित मुद्दा, २१ अंकले घट्यो नेप्से र बढ्यो अपर म्याग्दीको क्षमता « Khabarhub

अर्थसंक्षेप : पोखरा विमानस्थलमा भ्रष्टाचार-पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध साढे ८ अर्बको बिगोसहित मुद्दा, २१ अंकले घट्यो नेप्से र बढ्यो अपर म्याग्दीको क्षमता


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अंकले घटेको छ । आज ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६०९.६९ बिन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा २०४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

एलजीले ल्यायो ओलेड टिभीमा विशेष मूल्य छुट

‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी 

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरु

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ ।

यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ ।

आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए ।

‘सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ’, उनले भने, ‘थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।’

यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ ।

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको बिगोसहित मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ ।

पोखरा विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार ८ अर्ब ३६ करोड रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गराएको हो ।

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्