इसाकको गोलमा न्यु क्याशल विजयी « Khabarhub

इसाकको गोलमा न्यु क्याशल विजयी


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्याशल युनाइटेडले आर्सनललाई २-० ले हराएको छ। पछिल्लो समय सानदार फर्ममा रहेका अलेक्जेन्डर इसाकको खेल उत्कृष्ट थियो।

फेब्रुअरी ५ मा घरेलु भूमिमा न्यु क्याशलले दोस्रो लेग सेमिफाइनल खेल्ने छ।

इसाकले पछिल्ला १५ खेलमा १४ गोल गरे भने न्यु क्याशलले सबै प्रतियोगितामा गरेर लगातार सातौँ जित हात पारेको छ। गएराति भएको खेलको ३७ औँ मिनेटमा ज्याकोब मर्फीको पासमा इसाकले गोल गरेका थिए।

खेलको ५१ औँ मिनेटमा इसाकको प्रहार डेभिड रायाले बचाएपछि रिबाउन्डमा एन्थोनी गोर्डनले गोल गरे। बुधबार अर्को सेमिफाइनलमा पहिलो लेगमा टोटनहाम हस्टस्पर्सले घरेलु भूमिमा लिभरपुलसँग खेल्ने छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ५३ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा