‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’ « Khabarhub

‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनगढी– खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए ।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिएको मन्त्री यादवले बताए । 

उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी छ ।’ उनले भने ।

त्यस अवसरमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागी थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ११ : ४२ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको