त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित « Khabarhub

त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् ।

पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो ५२  रुपैयाँका दरले सुन्तला बिक्री भएको छ ।

उनका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्रीबाट एक करोड एक लाख आठ हजार आठ सय रुपैयाँ आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन्  ।

व्यावसायिक सुन्तलाखेती गर्ने एक सय तीन जना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्‍याएका ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो मनग्य गरेका छन् ।

व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।

सुन्तलाखेतीबाट गत वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी –४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको खड्काको भनाइ छ ।’सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै सात लाख ८३ हजारको सुन्तला बेचेँ’, खड्काले भने ।

प्रतिकिलो ६२ रुपैयाँ का दरले घरबाटै सुन्तला बिक्री गरेको उनले बताए  । यसपटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ०१ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना