डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते « Khabarhub

डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

धनगढी- डोटीको जङ्गलमा एकजना महिलाको शव भेटिएको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव भेटिएको हो । डोटी प्रहरीका अनुसार महिलाको परिचय खुलेको छैन ।

ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाबीचमा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

शव कङ्कालका रूपमा परिणत भइसकेको अवस्थामा थियो । कपडा, कपाल, चुरा लगायत पहिरनले महिलाका रुपमा शवको पहिचान गरिएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

उता, बाजुरामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धुर्ताेला निवासी करिब ३५ वर्षीय रणबहादुर रावत छन् । स्याउला बटुल्ने क्रममा उनलाई भालुले आक्रमण गरेको बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

घाइते रावतको टाउको, मुख, छातीमा चोट छ भने बायाँ हात चुँडिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । रावतको अछामस्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयले उनलाई उपचारका लागि बयालपाटा लगेका हुन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका