रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो « Khabarhub

रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ ।

जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस अन्तिमतिर पुग्दै गर्दा प्रशासनले सुरक्षा कडा बनाएको हो ।

पोखराका मुख्य चोकसहित संवदेनशील स्थानहरूमा बुधबारदेखि सुरक्षा कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

‘निषेधाज्ञा लगाइएको भनेर समाचार आइरहेका रहेछन् । त्यस्तो केही होइन । प्रशासनले संवेदनशीलता हेरेर सुरक्षा कडा बनाउने कुरा नियमित प्रक्रिया हो’, उनले खबरहबसँग भने, ‘निषेधाज्ञा लगाउने हो भने प्रशासनले पूर्वसूचना निकाल्छ, सर्वसाधारणलाई सार्वजनिक रुपमा जानकारी दिन्छ । सुरक्षा संवदेनशीलता हेरेर पोखराका केही स्थानमा कडाइ गरिएको मात्र हो ।’

जिल्ला अदालतमा मुद्दाको अन्तिम टुंगोतिर जाँदै गर्दा पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीअगाडिको राष्ट्रबैंक चोक, वाइचोक र सहिद चोक क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनीसहित सबै ७ जना प्रतिवादीको बहस सकिन लागेको अवस्थामा सम्भावित हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । लामिछानेबारेको बहसले निचोडमा पुग्नै लाग्दा प्रशासनले मुख्य चोकमा कडाइ गरेको हो ।

अदालतको आदेश आउन लागेको अवस्थामा मंगलबारदेखि नै प्रशासनले सरकारी कार्यालय र अदालत रहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।

मंगलबार मात्रै लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकले अदालतबाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

मुद्दाको आदेश आउने अवस्थामा देशभरबाट रास्वपाका समर्थकहरू जम्मा हुन सक्ने सम्भावना छ । त्यहीकारण सुरक्षाकर्मी पनि बाक्लो संख्यामा सडकमा परिचालन गरिएको छ । उता, सहकारीपीडितहरू पनि ठूलो संख्यामा सडक निस्किने भएकाले प्रशासनले सतर्कता बढाएको हो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १३ बजे

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै