मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन « Khabarhub

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माण सम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो । 

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति लगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भए पनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए । 

मन्त्री चौधरीले सीमित स्रोत साधनकाबीच पछिल्लो समय खेलाडीहरूको प्रदर्शन निकै राम्रो हुँदै गएको बताए । 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : ४० बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक