‘खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न बजेटको अभाव हुँदैन’ « Khabarhub

‘खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न बजेटको अभाव हुँदैन’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको छ ।

राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यही चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदै छ ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १० औँ राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए ।

उनले राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रूपमा सम्पन्न गर्ने जिकिर गरे  । 

मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरु सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरूलाई कुनै असर नपर्ने बताए  ।  

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुराएको बताए । 

प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए ।  

१० औँ राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढीको संख्यामा टोली र खेलाडीहरूलाई सहभागिता गराउने राखेपले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : २५ बजे

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै