‘खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न बजेटको अभाव हुँदैन’ « Khabarhub

‘खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न बजेटको अभाव हुँदैन’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको छ ।

राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यही चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदै छ ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १० औँ राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए ।

उनले राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रूपमा सम्पन्न गर्ने जिकिर गरे  । 

मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरु सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरूलाई कुनै असर नपर्ने बताए  ।  

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुराएको बताए । 

प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए ।  

१० औँ राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढीको संख्यामा टोली र खेलाडीहरूलाई सहभागिता गराउने राखेपले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : २५ बजे

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले