नेपालगञ्जमा मो:मो महोत्सव हुँदै | Khabarhub Khabarhub

नेपालगञ्जमा मो:मो महोत्सव हुँदै


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जानकी– नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मो:मो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मो:मो महोत्सव गर्न लागिएको हो ।

सिद्धार्थ हस्पिटालिटीको आयोजनामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । 

सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मो:मो महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मो:मो राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरक फरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताए  ।

पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मो:मो बनाउने र पकाउने प्रतियोगिता हुनेछ । 

मो:मो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । 

‘नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ’, न्यौपानेले भने । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उनले जानकारी दिए । 

पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भने, ‘देशैभरि मो:मोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागेका हौँ । महोत्सवमार्फत मो:मोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।’
 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : १३ बजे

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

 धादिङ- धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव

नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

  काठमाडौं– रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

एजेन्सी – अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन

भिजिबिलिटी कम हुँदा एक सातादेखि उडान प्रभावित

काठमाडौं – एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५