तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन « Khabarhub

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्हासा– दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रबिन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनर्स्थापना गरिएको छ ।

चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् ।

आरसिएससीद्वारा आपत्कालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरू सहित ५० भन्दा बढी उद्धारकर्मीहरू पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : २३ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता