बागमती सफाइ अभियानमा महानगरले सघाउने « Khabarhub

बागमती सफाइ अभियानमा महानगरले सघाउने


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

 अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको  सफाइ अभियानमा अबदेखि महानगरपालिकाका तत् तत् क्षेत्रका वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिए । 

बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । काठमाडौं महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा त्यसमध्ये आजको बैठकमा ७ , ८, ९, १० ,११ , १२ र १४ का वडाध्यक्षले सहमति जनाएका हुन् ।

बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्र्याइँ गर्नेलाई जरिवानासमेत गर्ने निर्णय गरेको छ । 

 बागमती सफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्यालको उपस्थितिमा बसेको बैठकले अधिकार सम्पन्न बागमती समितिले परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णय गरेको छ ।

विसं २०७० जेठ ५ गतेबाट सुरु अभियानका क्रममा हालसम्म  २० हजार टन बढी फोहर सङ्कलन भइसकेको जनाइएको छ ।
 
सफाइ अभियानमा विभिन्न सङ्घ, संस्था, नागरिक समाज, अधिकारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी  बल, नेपाल रेडक्रस, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति संलग्न हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ५६ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म