मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता « Khabarhub

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन् ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धिगरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । 

उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिए ।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्त्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : २५ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता