सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ? « Khabarhub

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले एमाले आफूलाई ‘म्याच’ नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिँदै एमाले छाडेको घोषणा गरेका थिए ।

बुधबार खबरहबसँग कुरा गर्दै खनालले एमालेमा नयाँ र पुराना मान्छे भनेर छुट्टाउने प्रवृत्ति भएकाले आफ्नो नीति, सिद्धान्तले एमालेमा बस्नु उचित नठानेको बताए ।

‘म आफ्नै नीति र सिद्धान्तमा चलेको मान्छे । देशमा सुशासन र जनतामा खुसी भर्न सकिन्छ भनेर एमाले रोजेको थिए, तर म गलत रहेछु ।’ खनालले भने, ‘अहिले तत्काल कुनै पार्टीमा जाने योजना बनाएको छैन । म स्वतन्त्र नै ठिक रहेछु जस्तो लाग्यो । म अध्यान, अनुसन्धान र खोजमाको काम गर्छु ।’

यसअघि खनाल एमाले छाडेर माओवादीमा जान लागेको हल्ला पनि चलेको थियो । यस्तै डा. भीम रावलको मातृभूमि जागरण अभियानमा पनि खनाल जोडिन सक्ने धेरैले आँकलन गरेका छन् । यसबारे प्रश्न गर्दा खनालले भने, ‘कुनै पार्टीमा जोडिने अहिले कुरा छैन । मेरा शुभचिन्तकलाई म यही भन्छु अहिले अध्ययन गर्छु । मलाई लाग्छ ०८४ सम्म नै म कुनै क्षेत्रमा जोडिन्न कि ।’

खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनलाई सङ्घीय निर्वाचनमा दुई पटक टिकट समेत दिइएको थियो । काठमाडौं– ६ र तनहुँबाट चुनाव लडेका खनाल दुवै स्थानमा पराजित भएका थिए । उनलाई पराजित हुँदा एमालेका नेताहले अनेक आक्षेप लगाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : ५२ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य