आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई यसरी राख्नुस् प्रेम प्रस्ताव « Khabarhub

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई यसरी राख्नुस् प्रेम प्रस्ताव


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।

यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ ।

यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव

१. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् :

सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् । युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन्  र  रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् ।

२. स्थानको छनोटमा ध्यान दिनुहोस् :

आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् ।  

३. आफ्नो लुक्समा ध्यान दिनुस् :

आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।

 ४. उपहार छनोट गर्नुहोस् :

तपाईंको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहार दिएर आफूतर्फ आकर्षित गर्नुहोस् ।

यो दिन रोमान्टिक प्रस्तावको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्ताव हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : २५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग