एसियन एम्पुटी फुटबल : आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा  « Khabarhub

एसियन एम्पुटी फुटबल : आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित वसुन्धरा रङ्गशालामा सुरु हुनेछ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो ।

प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए पनि इरान अनुपस्थित भएपछि पाँच देशबीच प्रतिस्पर्धा हुनेछ । 

माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले दोस्रो खेल बङ्गलादेशसँग माघ २७ गते, तेस्रो खेल माघ २८ गते इराकसँग र अन्तिम खेल २९ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

प्रतियोगितामा भाग लिन १३ खेलाडी र ७ अफिसियलसहित २० सदस्यीय नेपाली टोली गत मङ्गलबार बङ्गलादेश गएको थियो ।

नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रतियोगिताको उद्‌घाटन खेलमा हिजो उज्वेकिस्तानले इन्डोनेसियालाई ८–१ गोलले हराउँदै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । यस्तै हिजो नै भएको अर्को खेलमा इराकले बङ्गलादेशलाई ६–० गोलले हराएको थियो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : १६ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई