टी-ब्यागको चिया खानेलाई क्यान्सरको खतरा बढी : अनुसन्धान « Khabarhub

टी-ब्यागको चिया खानेलाई क्यान्सरको खतरा बढी : अनुसन्धान


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनमा हालै गरिएको एक अनुसन्धानले टी-ब्यागको चिया खाने मानिसलाई क्यान्सरको खतरा बढी हुने जनाएको छ ।

अनुसन्धानअनुसार टी-ब्यागमा लाखौँ हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउने देखिएको छ । यसले स्वास्थ्यलाई हानी गर्ने धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने पनि उल्लेख छ ।

टी–ब्यागको बाहिरी तह बनाउन प्रायः पोलिस्टर नामक सामग्री प्रयोग गरिन्छ । जब यसलाई तातो पानीमा राखिन्छ, ठूलो मात्रामा माइक्रोप्लास्टिक र नानोप्लास्टिक्स (प्लास्टिकको धेरै सानो टुक्रा) र रेशायुक्त संरचनाहरू निस्किन्छन्। जो मानव शरीरका लागि निकै हानिकारक हुन्छन् ।

अनुसन्धानअनुसार टी-ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किन भने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्त्व हुन्छन्, जसले धेरै पोषक तत्त्वहरूलाई अवशोषित हुन दिँदैन ।

यसबाहेक टी-ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक आन्द्रामा पुगेर हानी पुर्‍याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।

बार्सिलोनाको अटोनोमस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार यी कणहरू मानिसको आन्द्राका कोशिकाहरूमा प्रवेश गर्छन् र त्यहाँबाट रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन्।

अन्वेषकहरूले बजारमा उपलब्ध विभिन्न प्रकारका टी-ब्यागहरू जाँच गर्दा तिनीहरूले माइक्रोप्लास्टिक र नानोप्लास्टिकहरू जस्तै नायलन– ६, पोलीप्रोपाइलिन र सेल्युलोज फेला पारेका थिए । जुन शरीरका लागि उपयुक्त छैनन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : १२ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको