टी-ब्यागको चिया खानेलाई क्यान्सरको खतरा बढी : अनुसन्धान « Khabarhub

टी-ब्यागको चिया खानेलाई क्यान्सरको खतरा बढी : अनुसन्धान


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनमा हालै गरिएको एक अनुसन्धानले टी-ब्यागको चिया खाने मानिसलाई क्यान्सरको खतरा बढी हुने जनाएको छ ।

अनुसन्धानअनुसार टी-ब्यागमा लाखौँ हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउने देखिएको छ । यसले स्वास्थ्यलाई हानी गर्ने धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने पनि उल्लेख छ ।

टी–ब्यागको बाहिरी तह बनाउन प्रायः पोलिस्टर नामक सामग्री प्रयोग गरिन्छ । जब यसलाई तातो पानीमा राखिन्छ, ठूलो मात्रामा माइक्रोप्लास्टिक र नानोप्लास्टिक्स (प्लास्टिकको धेरै सानो टुक्रा) र रेशायुक्त संरचनाहरू निस्किन्छन्। जो मानव शरीरका लागि निकै हानिकारक हुन्छन् ।

अनुसन्धानअनुसार टी-ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किन भने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्त्व हुन्छन्, जसले धेरै पोषक तत्त्वहरूलाई अवशोषित हुन दिँदैन ।

यसबाहेक टी-ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक आन्द्रामा पुगेर हानी पुर्‍याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।

बार्सिलोनाको अटोनोमस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार यी कणहरू मानिसको आन्द्राका कोशिकाहरूमा प्रवेश गर्छन् र त्यहाँबाट रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन्।

अन्वेषकहरूले बजारमा उपलब्ध विभिन्न प्रकारका टी-ब्यागहरू जाँच गर्दा तिनीहरूले माइक्रोप्लास्टिक र नानोप्लास्टिकहरू जस्तै नायलन– ६, पोलीप्रोपाइलिन र सेल्युलोज फेला पारेका थिए । जुन शरीरका लागि उपयुक्त छैनन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : १२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था