आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : मन्त्री यादव    | Khabarhub Khabarhub

आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : मन्त्री यादव   


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक र महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका छन् ।

मन्त्रालयमा शनिबार बिहान करिब साढे ८ बजेतिर आगलागी भएपछि मन्त्री यादवले मन्त्रालयका अति आवश्यक र महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका हुन् । 

आगलागी भएको खबर पाएपछि मन्त्रालय पुगेका मन्त्री यादव, सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए । 

निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले भने, ‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिव ज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्त्वपूर्ण कागजात नष्ट भएको छैन ।’

विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘दुःखद घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युत्का सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज भने आगलागी भयो ।’

आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पु¥याएको छ । अचानक लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटरलगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए । 

उनले आगलागीबाट झण्डै ५० लाख बारबारको क्षति भएको हुन सक्ने अनुमान गरिएको र क्षतिको विवरणबारे छानबिन भइरहेको पनि बताए । आज बिहान ८ बजेर ४० मिनेटमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले सवा ९ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ४७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई