२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड « Khabarhub

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए ।

 ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ’– उनले भने– ‘म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो सम्भव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरू आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए। नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उनले बिहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गरे। 

यस पटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यस पटक पुरानो विरासत स्थापित गरेको बताए।

 ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यति बेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरूले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो’– प्रचण्डले भने– ‘यस पटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उनले यसले संगठको पहिचान थप उँचो बनाएको बताए। ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्द सत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्त्वपूर्ण भएको बताए। 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : २० बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा