हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता « Khabarhub

हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । 

शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ । 

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति ९आईसीआरसी० को जिम्मा लगाएको हो । 

कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।

 हमासले बन्धक बनाएका तीन जना इजरायली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।

 इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।

यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीका अनुसार रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको बसबाट रामल्लाह ल्याइएको छ ।  

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : २३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ९ गते शनिबार फागुन