आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २४ गते शनिबार फागुन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च ८ तारिख। अन्तर्राष्ट्रिय महिला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुने जोखिम छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : आज दिन सामान्य छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक : व्यवहारमा चुनौती बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। तीर्थ यात्राको तय गरेको भए यात्रा सफल हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना सार्वजनिक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : १५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००