बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी | Khabarhub Khabarhub

बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन्। केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन्।

इजरायलसँग युद्ध विराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन्। रुसले युद्ध मैदानमा लगातार युक्रेनमाथि आक्रमण गरेका कारण ट्रम्पको विचारमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेयता उनको बोलीमा आएको यो महत्त्वपूर्ण परिवर्तन हो।यसअघि उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको प्रशंसा गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको चर्को आलोचना गर्दै आएका थिए। उनले जेलेन्स्कीले युद्ध भड्काएको भन्दै आलोचना गरेका थिए।

रुसले रातभर युक्रेनमा बमबारी गर्दै ऊर्जा केन्द्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
दक्षिणी केर्सन प्रान्तमा कम्तीमा दुई सर्व साधारणको ज्यान गएको छ।थुप्रै राज्यमा ऊर्जा केन्द्र र निजी निवास भत्किएका छन्।धेरै ग्यास उत्पादन केन्द्र पनि नास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

ट्रम्पको यो अभिव्यक्तिको केही घण्टा अघि मात्र पनि उनले पत्रकारसँग जेलेन्स्कीसँगको वार्ता कठिन बताउँदै रुस सहज भएको बताएका थिए। गत शुक्रबार नै ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा वार्ताको क्रममा भनाभन समेत भएको थियो।यसअघि ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका थिए।

यसै साता ट्रम्पले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णयसमेत गरेका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : १५ बजे

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं– नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको