नगर प्रमुख पण्डित व्यावसायिक कागती खेतीमा रमाउँदै  « Khabarhub

नगर प्रमुख पण्डित व्यावसायिक कागती खेतीमा रमाउँदै 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

उनले म्याग्दे गाउँपालिका– ४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरेका छन् । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उनको बुझाइ छ । उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन् । स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उनको भनाइ छ ।

उनले भने, ‘हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ ।’ घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उनी बताउँछन् । ‘आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ’, उनले भने, ‘एक सिजनमा १५–२० हजार केजी कागती उत्पादन हुन्छ ।’

भूगोल र माटो सुहाउँदो खेती गरेकाले बाँदर लगायतका जङ्गली जनावरले समेत क्षति नगर्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउँछन् ।

पृथ्वी राजमार्गबाट छोटो दूरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उनको बुझाइ छ । सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ । सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउँदा जङ्गली जनावरले क्षति गरेको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो ।

कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जङ्गली जनावरले क्षति गरेपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्य समेत कागती खेतीतर्फ आकर्षित भएको स्थानीय हेमकुमार कायस्थले बताए ।

कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा अम्लीय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । अम्लीय पदार्थलाई बाँदरले कम क्षति गर्नेगरेको पाइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग