पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग « Khabarhub

पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आयोजना गर्न लागिएको धार्मिक अनुष्ठान ‘कोटीहोम’ रोक्न विश्व हिन्दु महासङ्घ राष्ट्रिय समितिले माग गरेको छ । महासङ्घले पोखरा महानगरपालिकालाई सम्बोधन गर्दै पठाएको पत्रमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गरिएको छ ।

महासङ्घले कोटीहोमका नाममा गरिने भनिएको उक्त अनुष्ठान हिन्दु धर्म र परम्परासँग मेल नखाने, समाजमा विद्वेष फैलाउने, तथा आरोप प्रत्यारोपको माध्यम बन्न सक्ने खालको रहेको जनाएको छ । साथै, यस कार्यक्रमले धार्मिक आस्थालाई विवादमा ल्याउन सक्ने भन्दै महासङ्घले चासो व्यक्त गरेको छ ।

पत्रमा उल्लेख भएअनुसार, पोखरामा यसअघि पनि विभिन्न धार्मिक गतिविधिहरूको आडमा समाजलाई विभाजित गर्ने प्रयासहरू हुँदै आएको भन्दै महासङ्घले यस्ता कार्यहरूलाई प्रश्रय दिन नहुने उल्लेख गरेको छ । धार्मिक कार्यको नाममा राजनीतिक स्वार्थ पूर्ति गर्ने, सामाजिक सद्भाव भड्काउने र हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको महासङ्घको भनाइ छ ।

महासङ्घ राष्ट्रिय समिति, कास्कीका अध्यक्ष सुजनबाबु पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा, धार्मिक आस्थाका नाममा गरिने हरेक क्रियाकलाप शुद्ध र पवित्र हुनुपर्नेमा जोड दिइएको छ। साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने किसिमका गतिविधिहरू रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।

महासङ्घले पोखरामा धार्मिक आस्थाका नाममा गलत प्रवृत्तिहरू फैलन नदिन आम जनसमुदायलाई सचेत रहन पनि अपिल गरेको छ । साथै, स्थानीय प्रशासन, धार्मिक सङ्घ संस्था, तथा सर्वसाधारण नागरिकलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ ।

मानव सेवा फाउन्डेसनले पोखराको बाराहीघाट वैशाख १६ देखि जेठ २६ गतेसम्म गण्डकी कोटीहोम गर्ने भनेको छ । महानगरले भने कोटीहोम उक्त ठाउँमा हुन नसक्ने बताउँदै आएको छ ।

शुक्रबार बाराहीघाट मैदानमा भूमि पूजनका क्रममा महानगरका नगर प्रहरी र कोटीहोम समर्थकबीच झडप भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : ३२ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र