त्रिविमा नेविसंघले गरेको तोडफोडको विरोधमा उत्रियो अखिल « Khabarhub

त्रिविमा नेविसंघले गरेको तोडफोडको विरोधमा उत्रियो अखिल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोड प्रति अनेरास्ववियले निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी नेविसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहले गराइएको सो आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात भएको उल्लेख गरेका छन् ।

‘हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने जोडदार माग गर्दछु, साथै, नेविसंघको नेतृत्वलाई आग्रह गर्दछु— अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वास्थ्य बनाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।

शिक्षा प्रतिष्ठानभित्रको अशान्ति कुनै पनि विद्यार्थीलाई स्वीकार्य हुन नसक्ने अनेरास्ववियुले स्पष्ट पारेको छ । ‘स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर अघि बढौँ’, विज्ञप्तिमा लेखिएको छ ।

नेविसंघका कार्यकर्ताले बिहीबार डीन खनाल र रेक्टर केसीको कार्यकक्षमा तोडफोडसहित आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : १६ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट