काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा, एक्यूआई २६२ « Khabarhub

काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा, एक्यूआई २६२


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । 

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

मौसमविद् शान्ति कँडेलले वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाशमा लागेको बादल पूर्णरुपमा फाट्न अझै केही दिन लाग्ने बताइन् । उनले आज दिउँसोपख काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेकाले वर्षा पछि प्रदूषण केही मात्रामा घट्ने बताइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ४८ बजे

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली