विश्वभर शेयर बजार आतंकित हुँदा जापानको बजारमा उछाल « Khabarhub

विश्वभर शेयर बजार आतंकित हुँदा जापानको बजारमा उछाल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेपछि विश्वभरको शेयर बजार लगातार ओरालो लाग्दै गर्दा जापानको बजारमा भने वृद्धि देखिएको छ ।

जापानको प्रमुख शेयर बजार सूचक ‘निक्के २२५’ मंगलबार ६ प्रतिशतले वृद्धि भएको छ । मंगलबार निक्के २२५ १८७६ अंकले बढेर ३३ हजार १२ दशमलब ५८ विन्दुमा पुगेको छ ।

टोकियो स्टक प्राइस इन्डेक्स (टपिक्स) पनि मंगलबार ६.२६ प्रतिशतले बढेर बन्द भएको छ ।

ट्रम्पले भन्सार शुल्क घोषणाका कारण मंगलबारसम्म लगानीकर्ता आतंकित हुँदा विश्व शेयर बजारका प्रमुख सूचकहरु लगतार ओरालो लागेका थिए ।

यता विश्वको सबैभन्दा ठूलो मानिने अमेरीकी ‘एस एण्ड पी ५००’ भने हिजो घटेर बन्द भएको छ । एस एण्ड पी ५०० सोमबार ०.२३ प्रतिशतले घटेर ५०६२.२५ विन्दुमा आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १२ : ४६ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा